शुक्रबारबाट दुई घण्टा लोडसेडिङ घट्ने

0 6

Untitled-1

काठमाडौं । सोमबार नेपाल विद्युत प्राधिकरण र भारतको एनटिपीसी विद्युत व्यापार निगमबीच सम्झौंता भएपछि भारतको ढल्केबगर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट बिजुली नेपालले आयात गर्ने छ । ८० मेगावाट विजुली थपिएपछि करिब दुई घण्टा लोडसेडिङ कम हुने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी शुक्रबार दिल्लीबाटै रिमोट कन्ट्रोलको ‘स्विच अन’ गरेपछि ८० मेगावाट विजुली नेपाल आउनेछ ।