तेक्वान्दोमा रेजिनालाई रजत, रामहरीलाई कास्य

0 6

tekwando

काठमाडौं,फागुन २ । १२ औं दक्षिण एशियाली खेलकुद अन्तरगत शनिबार ९ औं दिन तेक्वान्दोले नेपाली पदक तालिकामा दुई थप पदक जोडेको छ । रेजिना कार्कीले महिला ४६ केजी तौलमा एक रजत पदक र पुरुषको ८७ केजीमा रामहरि महतले एक कास्य पदक जोडेका छन् । निकै उत्साहपूर्ण खेल खेलेकी रेजिनाले पहिलो खेलमा अफगानिस्तानकी राजाई खादिजालाई ५ शुन्यले पराजित गरेकी थिइन् । उनले सेमिफाइनलमा भुटानकी वाग्र्मो कर्मालाई पहिलो राउन्डमा ३–०, दोश्रो राउन्डमा २–६ अंकको अग्रता लिंर्दै अन्तिममा २–११ अंकका साथ फाइनलमा प्रवेश गरेकी थिईन ।

कार्कीले फाइनलमा पाकिस्तानी खेलाडी यास्मिन एम खान संग संघर्ष पूर्ण प्रतिस्पर्धामा पहिलो क्वाटरमा २–१ को अग्रता लिएकी थिईन् । दोश्रो क्वाटरमा प्रतिस्पर्धीलाई एक अंक प्रदान गर्दै २–२कौ स्थितीमा खेलालाई टुङ्गाएकी थिईन् । तेश्रो क्वाटरमा ८–५ले पछि पर्दा पर्दै पनि खेल सकिन १ सेकेन्ड बाँकीको अवस्थामा एक स्लाप किकका साथ ३ अंक जोड्दै ८–८ को स्थितीमा खेललाई गोल्डेन स्कोरको खेलमा पु¥याईन् । गोल्डेन स्कोरको खेलमा उनको थोरै असावधानीको फाईदा उठाउंदै पाकिस्तानी खेलाड यास्मीनले एक अंक जोड्दै कार्कीलाई रजतमा चित्त बुझाउन बाध्य पारिन् ।

तेक्वान्दोबाट एक कास्य पदक पुरुष ८७ केजीमा रामहरिले दिलाए । उनले आफ्नो पहिलो खेलमा बंगलादेशका महमद मसुद परवेजलाई २१–६ अंकले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेका थिए । सेमिमा उनी भारतिय खेलाडी पि. आनन्द संग १४–० अंकले पछि पर्दै कास्य पदकमा सिमित भए ।

सिलोगस्थित निग्रीममा शनिबार चार स्वर्ण पदकको लागि भएको अर्को खेलमा नेपाली खेलाडीहरु प्हिलो खेलमानै पराजित हुन पुगे । ५४ केजीमा चन्द्रबहादुर राना मगर अफगानिस्तानका मोहसेन रेजाईसंग १–१३ र ६८ केजीमा वेस महमद अफगानकै रोहुल्लाह निकपासंग ६–१३ अंकले पराजित भए ।