थानापतिमा साहित्य र सद्भावना यात्रा

0 9

थानापति (नुवाकोट), २ फागुन । वसन्तपञ्चमीका अवसरमा यहाँ वरिष्ठ साहित्यकार र स्थानीयवासीको सहभागितामा थानापति मन्दिर व्यवस्थापन तथा पुनःनिर्माण समिति र ‘संसाक पाक्षिक’ पत्रिकाको आयोजनामा बृहत् साहित्यिक पर्यटन सद्भावना यात्रा–२०७२ सम्पन्न भएको छ ।

स्थानीय रुपमा ऐतिहासिक थानापति मन्दिर परिसरमा आयोजित कार्यक्रममा करिब दुई दर्जन कविले रचना प्रस्तुत गर्नुभएको थियो भने समालोचकले साहित्य र जीवनबारे मन्तव्य दिएका थिए । लेखक तथा सांसद् गौरा प्रसार्इँले साहित्य र संस्कृतिले मानिसलाई बाँच्न सिकाउने भन्दै यात्रा सफलताको कामना गर्नुभयो ।

कार्यक्रममा प्रा डा व्रतराज आचार्य, प्रा डा रमेशचन्द्र अधिकारी, रामबाबु सुवेदी, डा शैलेन्दुप्रकाश नेपाल, दामोदर पुडासैनी किशोर, हरिप्रसाद पाण्डेय, देवी नेपाल, श्रीधर पौडेल, भाग्यशाली अधिकारी, जगदीश्वर पोखरेल, रत्ननिधि शुक्राचार्य श्यामराज पाठक, प्रकाश सिलवाल, डिल्लीप्रसाद मुलतिउन, रीता खतिवडा, उत्तम भेटुवाल, रुद्र अधिकारी, सुदेश सत्याल, निशा मोक्तान, सुनिता सापकोटा, भैरवी ढुङ्गाना, उमेश पाण्डे, महेशप्रसाद सिलवाल, शर्मिला थपलिया, सङ्गीता थपलियालगायतले साहित्यिक रचना प्रस्तुत गर्नुभएको थियो ।

समितिका अध्यक्ष पदम थपलियाले सो मन्दिरमा हरेक वसन्तपञ्चमीमा लाग्ने लघु रुद्रीपूजासँगै साहित्यिक भेला गराइएको बताउनुभयो भने समितिका सचिव नरेन्द्र थपलियाले सो मन्दिरमा रहेका शक्ति र आस्थालाई मुलुक भरका थपलिया र कुटुम्बले मान्दै आएको जनाउनुभयो ।

यस्तै थानापति सेवा समाजका अध्यक्ष होमनाथ थपलियाले थानापतिमा स्रष्टाको उपस्थितिले स्थानीयवासीलाई खुसी तुल्याएको बताउनुभयो ।

पं श्यामप्रसाद सिलवालका अनुसार मल्लकालमा सो स्थानमा आफ्नो बिर्ताहरण भएको भनी चन्द्रमाला नामकी आमाले छोरा दामोदरलाई साथमा राखी जलेर आत्महत्या गरेको र तिनै वायुलाई पछि देवताका रुपमा पुजिएको हो ।