नेता आचार्यको स्वास्थ्य सुधारोन्मुख

0 18

काठमाडौँ, २८ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नरहरि आचार्यको स्वास्थ्यस्थिति सुधारोन्मुख बन्दै गएको छ ।

केन्द्रीय सदस्य आचार्यका सहयोगी जीवन आलेले आचार्यको स्वास्थ्यमा क्रमशः सुधार हुँदै बन्दै गएको जानकारी दिनुभयो । उहाँलाई रक्तचापका कारण मस्तिष्कघात भएको थियो । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएपछि यही माघ २६ गते एक्कासी आचार्यलाई मस्तिष्कघात भएको थियो ।

बासबारीस्थित न्युरो अस्पतलामा प्राडा उपेन्द्र देवकोटाको टोली उहाँको उपचारमा सम्लग्न रहेको छ