कोइरालाको निधनले देशलाई ठूलो क्षति भयो ः कांँग्रेस नेता

0 7

पथरी (मोरङ), २६ माघ । नेपाली कांँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति सुशील कोइरालाको निधनले काँग्रेस र नेपाललाई अपूरणीय क्षति भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री सिटौलाले कोइराला कहिले पनि व्यक्तिगत लाभ प्राप्तिका लागि नलागेको बताउँदै उहाँको निधनले देशले एक निष्ठावान्, निःस्वार्थी र राष्ट्रवादी नेता गुमाएको छ भन्नुभयो ।

कांँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले नेता कोइरालाको निधनले अपूरणीय क्षति पुगेको र मुलुकले एउटा अभिभावक गुमाएको बताउनुभयो । त्यस्तै कांँग्रेसका केन्द्र्रीय सदस्य डा शेखर कोइरालाले सभापति कोइरालाले संविधान निर्माणमा खेलेको भूमिकालाई कसैले भुल्न नहुने बताउनुभयो ।