निजी चिकित्सक र सहयोगीसँग कोइरालाको अन्तिम संवाद

February 09 2016 07:15

Sushil-Koirala-Happy2-257x400

काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्ना निजी चिकित्सक र सहयोगीसँग अन्तिम संवाद गर्नुभएको थियो ।

निधनअघि नेता कोइरालाले अन्तिम पटक आफ्ना निजी सहयोगी कृष्ण अर्याल र चिकित्सक डा करवीर योगीसँग संवाद गर्नुभएको उहाँका प्रेस सहयोगी प्रकाश अधिकारीले बताउनुभयोे । उहाँको नाडीको धड्कन कम हुँदै गएपछि उपचारका सम्बन्धमा कुरा हुँदा उहाँको अन्तिम वाणी “मैले बुझिसकेँ” भन्ने थियो । अलिक बढी चापेपछि निजी चिकित्सक डा योगीलाई बोलाइएको थियो । अन्तिम समयसम्म पनि उहाँलाई अक्सिजन र नेबुलाइजर दिइएको थियो ।

उहाँलाई पछिल्लो समय निमोनिया र ज्वरो आएको थियो । उहाँलाई निजी चिकित्सक र आवश्यकतानुसार विशेषज्ञ चिकित्सकले सेवा पु¥याउँदै आउनुभएको थिायो । उहाँले दमको समेत प्रभाव देखिएकाले केही दिनअगाडिदेखि आवश्यकतानुसार नेबुलाइजर र अक्सिजन लिने गर्नुभएको थियो । उहाँमा केही दिनयता निद्रा पनि कम हुँदै गएको थियो । यस्तो बेलामा टेलिभिजनमा देश–विदेशका समाचार हेर्दै नेपालको अवस्थाका बारेमा आफ्ना सहयोगीसँग उहाँ चिन्ता व्यक्त गर्नुहुन्थ्यो ।

पार्टीको बाह्रौँ अधिवेशनबाट सभापति निर्वाचित कोइराला त्यसपूर्व कावा सभापति, पार्टी महामन्त्री र केन्द्रीय सदस्यका रुपमा रही पार्टीमार्फत देश र जनताको सेवामा संलग्न हुनुभएको थियो । संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गर्नुभएका सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नायक तत्कालीन प्रधानमन्त्री कोइरालाले आफ्नो वचनबद्धताअनुरुप संविधानसभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्गप्रशस्त गर्नुभएको थियो ।

आफ्नो प्रधानमन्त्रित्वकालमा उहाँले भारत, चीन, म्यानमा, संयुक्त राज्य अमेरिका, बेल्जियम, लक्जम्बर्ग र इन्डोनेसियाको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री पदमा रहँदा भ्रमण मार्गमा युएई र थाइल्यान्डको पनि भ्रमण गर्नुभएको थियो ।

उहाँले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभा, अफ्रोएसियाली शिखर सम्मेलनको स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोजित जाकर्ता र वाङ्डुड सम्मेलन, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलन र म्यान्माको राजधानी नेपिटोमा सम्पन्न बहुपक्षीय प्राविधिक एवम् आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का तेस्रो शिखर सम्मेलनलाई सम्बोधन गरी विश्वमा लोकतान्त्रिक व्यवस्थाका माध्यमबाट शान्ति, सद्भाव कायम गर्दै विश्वभर सुख, शान्ति र समृद्धि फैलाउन सकिने सन्देश प्रवाह गर्नुभएको थियो ।

नेता कोइरालाको जीवनी ः
जन्म ः विसं १९९६ साउन २८ गते
जन्मस्थान ः विराटनगर, मोरङ
स्थायी ठेगाना ः नेपालगन्ज–१३, बाँके
वैवाहिक स्थिति ः अविवाहित
पिता ः बोधप्रसाद कोइराला
माता ः कुमुदिनीदेवी कोइराला
दाजुभाइ(आफूसमेत) ः छ जना (प्रमोद कोइराला, विनोद कोइराला, डा अरुण कोइराला, अशोक कोइराला, विजय कोइराला)
दिदीबहिनी ः छ जना (दिती शर्मा, आभादेवी शर्मा, विभा, सुधा कोइराला, शशी शर्मा, सरिता )

राजनीतिमा संलग्नता ः

ड्ड २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न, ठाकुरराम हाइस्कुल वीरगन्जमा अध्ययनरत रहँदा नै राजनीतिमा सक्रिय ।
ड्ड नेपाली कांँग्रेसले अङ्गीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवम् कांग्रेसका संस्थापक बिपी कोइराला लगायत नेताको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न ।
ड्ड २०११ सालमा पिताजी बोधप्रसाद नवलपरासीको डिएफओ रहँदा भाइ अरुणसँगै पाल्पामा नेपाल छात्र सङ्घको शाखा खोल्न प्रस्थान ।
ड्ड २०१२ साल माघमा वीरगन्जमा सम्पन्न काँग्रेसको छैटौँ महाधिवेशनमा सहभागी ।
ड्ड २०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी ।
ड्ड २०१५ सालमा संसदीय निर्वाचनको प्रचारप्रसारमा नेपालगन्जमा सक्रियतापूर्वक सहभागी ।
ड्ड २०१७ साल पुस १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद् भङ्ग गरेपछि नेता सुवर्णशम्शेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा अरुण सहित कलकत्ता प्रस्थान । पश्चिम बङ्गालका मुख्यमन्त्री विधानचन्द्र रायसँग भेटघाट, भारतमा पत्रकार सम्मेलन, भारतका जयप्रकाश नारायण, डा राममनोहर लोहिया, अशोक मेहता, मधु दण्डवते लगायत नेतासँग सम्पर्क गरी नेपालको राजनीतिक अवस्थाबारे अवगत गराउनुभएको ।
ड्ड बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको नेपाल भ्रमण तय भएपछि नेपाल अशान्त भएको र जनता प्रजातन्त्र अपहृत भएकामा रुष्ट रहेको सन्देश दिन नेपालका विभिन्न भागमा भूमिगत रुपमा विरोध कार्यक्रम सञ्चालन ।
ड्ड राजा महेन्द्रको कोसी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील ।
ड्ड २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्वासित ।
ड्ड २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ, तीन वर्षभन्दा बढी समय भारतका विभिन्न कारागारमा ।
ड्ड २०३७ सालमा जनमतसङ्ग्रह हुनुभन्दा केही हप्ता अगाडि (वैशाख १ गते) गिरिजाप्रसाद कोइरालासँगै आममाफी ।
ड्ड २०३७ सालको जनमतसङ्ग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय ।
ड्ड २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी ।
ड्ड २०४६ सालको जनआन्दोलनमा अग्रपङ्क्तिमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला काँग्रेस नेता तारानाथ रानाभाटसँगै गिरफ्तार ।
ड्ड २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि काँग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय ।
ड्ड २०६१ माघ १९ गते शाही ‘कु’ भएपछि सोही दिन बाँकेमा तीन महिना नजरबन्द, त्यसपछि काँग्रेसको अगुवाइमा सञ्चालित सातदलीय आन्दोलनमा सक्रिय सहभागिता ।
ड्ड निरङकुश राजतन्त्रविरुद्ध २०६२÷६३ मा काँग्रेसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह ।
ड्ड प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत गरी छ वर्षभन्दा बढी कारागार ।

पार्टीमा जिम्मेवारी

ड्ड पार्टी सदस्य ः २०१२ साल
ड्ड सम्पादक ः ‘तरुण’ पत्रिका, काँग्रेसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा ।
ड्ड पार्टी केन्द्रीय सदस्य ः २०४५ साल मङ्सिर १३ देखि
ड्ड पार्टी विदेश विभाग प्रमुख ः २०४५÷४६ साल (सन् १९९०) मा
ड्ड पार्टी महामन्त्री ः नवौँ महाधिवेशन २०५३ साल, पोखरापछि
ड्ड पार्टी उपसभापति ः २०५५ साल असोज २० गते
ड्ड कावा सभापति ः एघारौँ महाधिवेशन १३–१८ भदौ, २०६२ साल (संस्थापन) र पार्टी एकीकरणपछिको कार्यसमिति २०६४ साल
ड्ड सभापति ः बाह्रौँ महाधिवेशन २०६७ साल, १–५ असोज, काठमाडौँ ।

विधायिकी यात्रा
ड्ड संसदीय दलको नेता निर्वाचित २०७० साल माघ १२
ड्ड पहिलो संविधानसभा ः २०६४ सालमा पराजित (मधेसी जनाधिकार फोरमका सर्वदेव ओझा निर्वाचित)
ड्ड दोस्रो संविधानसभा २०७० सालको सदस्य निर्वाचित ः बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४
ड्ड प्राप्त मत ः बाँके १० हजार ७५३ र चितवन २० हजार ७६०
ड्ड प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ ः विजयी
ड्ड संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा ः प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि २०५८ सालमा सम्पन्न संसदीय दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा (शेरबहादुर देउवा विजयी)
ड्ड प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ सालको निर्वाचन ः बाँकेबाट प्रतिस्पर्धा
ड्ड प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ सालको गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि २०५८ सालमा सम्पन्न संसदीय दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा ९शेरबहादुर देउवा विजयी०
ड्ड प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ सालको निर्वाचन ः बाँकेबाट प्रतिस्पर्धा
ड्ड प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ सालको

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top