क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन

0 22

download (1)

पोखरा, २३ माघ । नेपाली काँग्रेसको आसन्न १३ औ महाधिवेशनको कार्यतालिका अनुसार कास्की जिल्लामा सम्पन्न क्षेत्रीय अधिवेशनले क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सम्पन्न अधिवेशनले क्षेत्र नं १, २ र ३ मा क्रमशः बृजमान गुरुङ, मधु बास्तोला र विजयराज आचार्यलाई सभापतिमा निर्वाचित गरेको छ भने कास्की क्षेत्र नं ४ मा क्षेत्रीय कार्यसमितिको निर्वाचन स्थगित भएको छ ।

क्षेत्रीय कार्यसमितिका लागि क्षेत्र नं ४ मा विवाद भएका कारण निर्वाचन स्थगित भएको जानकारी दिँदै पार्टीका जिल्ला निर्वाचन अधिकृत खिमराज पौडेलले स्थगित निर्वाचन गर्ने सम्बन्धमा छलफल भइरहेको बताउनुभयो ।

उहाँका अनुसार स्थगित क्षेत्रीय कार्यसमितिको निर्वाचन आजै गर्ने भनिए पनि आज पोखरामा यातायात व्यवसायीको बन्दका कारण त्यो प्रभावित हुने भएको छ ।

अधिवेशनले कास्की क्षेत्र नं १ मा खुलातर्फ कृष्ण केसी, यज्ञबहादुर थापा, तारानाथ रानाभाट, सुदीपमोहन भट्टराई, तिलक रानाभाट र गिरिराज गौतम महिलातर्फ चन्द्रवती पौडेल र कोपिला रानाभाट, आदिवासी जनजातितर्फ बुद्धिमान गुरुङ, दलिततर्फ कुमार विक र अल्पसङ्ख्यकतर्फ खलिल मियालाई महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।

क्षेत्र नं २ मा खुलातर्फ बाबुराम आचार्य, ऋषि काफ्ले, किशोरदत्त बराल, गुरु बराल, कृष्ण कार्की र पदमसिंह गुरुङ, महिलातर्फ शारदा पौडेल र खेमकुमारी बराल, आदिवासी जनजातितर्फ डम्बर गुरुङ, दलिततर्फ परशुराम वि पोखरेल, अल्पसङ्ख्यक, अपाङ्गतर्फबाट राधाकृष्ण गुरुङलाई महाधिवेशन प्रतिनिधिमा चयन गरिएको छ ।

क्षेत्र नं ३ मा खुलातर्फ देवराज चालिसे, नरेशशङ्कर पालिखे, रामजी कुँवर, रामचन्द्र पोखरेल, केशरप्रसाद निर्दोशी र सोभियतबहादुर अधिकारी, आदिवासी जनजातितर्फ वीरेन्द्रनारायण विजुक्छे, महिलातर्फ विन्दादेवी आलेमगर र सकुन्तला कोइराला, अल्पसङ्ख्यकतर्फ हारुनखा पैठाम महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ ।

क्षेत्र नं ४ मा खुलातर्फ शुक्रराज शर्मा, महादेव गुरुङ, रामचन्द्र त्रिपाठी, आइबहादुर गुरुङ, देवेन्द्रकुमार शेरचन र दीपक गुरुङ, महिलातर्फ हरिमाया गुरुङ र राधादेवी अधिकारी, आदिवासी जनजातितर्फ राजबहादुर गुरुङ, दलिततर्फ मनबहादुर विश्वकर्मा र अल्पसङ्ख्यकतर्फ सुशील भट्टचन महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ ।

निर्वाचन अधिकृत पौडेलका अनुसार क्षेत्रगत रुपमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित ११ जनामध्येबाट एक महिलासहित पाँच जनालाई महासमिति सदस्यमा चयन गरिने छ ।