विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु

0 10

CXngRdiWQAAc3PP

कञ्चनपुर, २० माघ । नेपाल विद्युत् प्राधिकरण वितरण शाखा महेन्द्रनगरले लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरेको छ ।

दुई महिनाभन्दा बढी समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरिएको हो ।

माघ १७ गतेदेखि हालसम्म विद्युत् महसुल नबुझाउने ३० जना ग्राहकको विद्युत्को लाइन काटिएको वितरण शाखाका प्रमुख भोजराज जोशीले बताउनुभयो ।

प्राधिकरणको बक्यौता रकममा वृद्धि हुन थालेपछि लाइन काट्न सुरु गरेका हौँ उहाँले भन्नुभयो, “लाइन काटिएकामध्ये १२ जना ग्राहकले रु दुई लाख ७५ हजार ३९५ बक्यौता रकम बुझाएपछि पुनः लाइन जोडिएको छ ।”
वितरण शाखाको चालु आवको बक्यौता रु १० करोड १० लाख छ हजार ३०० पुगेको छ । लामो समयदेखि महसुल नबुझाउनेमा सरकारी कार्यालयसमेत रहेका छन् ।