नयाँ फिल्म बनाउँदै शाहरुख, थोरै बजेटमा नयाँ कलाकारले अवसर पाउने

0 4

srk

काठमाडौं / बलिउडका बादशाह शाहरुख खानले नयाँ कलाकारलाई स्थान दिदै ३ फिल्म निमार्ण गर्ने भएका छन् । उनले यही वर्ष आफ्नै प्रोडक्सन हाउसवाट यी ३ फिल्म बनाउने भएका छन् । उनले यी फिल्महरुमा सामान्य बजेटमा उत्कृट फिल्म निर्माण गर्ने उद्देश्य राख्दै राम्रो फिल्म निर्माण गर्न धेरै बजेट पनि आवश्यक नरहेको बताएका छन् ।  आफ्नो ब्यानर रेड चिल्लीलाई कर्मशील कलाकारको स्रोत केन्द्र बनाउने उनको उद्देश्य पनि रहेको बताएका छन् ।
त्यसैगरी उनले बनाउने फिल्ममा उनी भने देखिने छैनन् । उनले तीनै फिल्ममा नयाँ र प्रतिभावान कलाकारले अभिनय गराउने छन् । उनी अहिले यस वर्ष रिलिज हुने अरु दुई फिल्मको सुटिङमा ब्यस्त छन् । ‘अहिले सिनेमाको कथामा काम हुँदै गरेको जानकारी दिंदै शाहरुख भन्छन् ‘यो दुई फिल्मको काम सकिएपछि म पनि सक्रिय भएर लाग्ने छु ।’