मधेसी मोर्चा सीमा नाका छाड्ने तयारीमा

0 5

madhesi

काठमाडौं । तराईमा आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध एक घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले आजको बैठकपछि आफूहरुले नाकाबन्दी आन्दोलन अन्त्य गर्ने बताएका छन् ।

उनले नाकाबन्दी आन्दोलन र लामो आन्दोलनले मधेसको जनता सबैभन्दा बढी प्रभावित बनेकोले अबको मोर्चाको बैठकले नाका आन्दोलन अन्त्य गर्ने र अन्य आन्दोलनको स्वरुपमा पुनर्विचार गर्ने पनि बताए । मोर्चाको बैठकले आन्दोलनको स्वरुप परिवर्तन गर्छ ।

अहिले पनि भन्छु । मोर्चाको अब बस्ने बैठकले नाका आन्दोलन अन्त्य गर्ने निर्णय गर्छ । आन्दोलन अब शहर केन्द्रीत गर्ने तयारी भइरहेको छ ।

समाचार स्रोतका अनुसार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पटनाबाट हिजो बीरगंज आईपुगेको र आज सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो आई पुग्ने र त्यसपछि शनिवारसम्ममा काठमाडौमा मोर्चाको बैठक बसेर एउटा निष्कर्ष निकाल्ने बुझिएको छ ।

मोर्चाका नेताहरु विहारको राजधानी पटना गएका थिए । त्यहाँ उनीहरुले राष्ट्रिय जनता दलका अध्यक्ष लालु यादव, विहारका मुख्य मन्त्री नितिश कुमार र भाजपा विहार अध्यक्ष सुशील मोदीसँग भेटवार्ता गरेर मधेस आन्दोलनमा सहयोगको अपिल गरेका थिए ।