भ्रष्टाचार गरेको आरोपमा वन्तसहित ११ जनाविरुद्ध मुद्दा

0 6

koshraj onta

काठमाडौं / सशस्त्र प्रहरीका लागि सामान खरिद गर्दा नक्कली बिल बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक कोषराज वन्तसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली बिल बनाई ६ करोड ७९ लाख बराबर भ्रष्टाचार गरेको अख्तियारले दाबी गर्दै  ११ जनाविरुद्ध  विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ ।

सामान ढुवानी प्रकरणमा अनुसन्धान गर्दा सामानै ढुवानी नगरी महानिरीक्षक वन्तको निर्देशनमा भ्रष्टाचार भएको देखिएकाले भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दायर गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।  वन्तसँगै ८ जना सशस्त्रका कर्मचारी र २ जना ठेकेदारलाई समेत उक्त मुद्दामा विपक्षी बनाइएको हो । नक्कली बिल प्रकरणमा पूर्व आयुक्तहरु सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र वासुदेव ओलीको छानबिन चलिरहेको छ ।