भारतमा तेह्र विद्यार्थीको समुद्रमा डुबेर मृत्यु

0 9

मुम्बई भारत, १९ माघ । भारतका महाराष्ट्र राज्यस्थित मुम्बईको दक्षिण क्षेत्रमा अवस्थित पश्चिमी समुद्रीतटमा पौडी खेल्ने क्रममा १३ विद्यार्थीको डुबेर मृत्यु भएको यहाँको प्रहरीले सोमबार जनाएको छ ।

उनीहरु पुनेको अबेदा इनामदार कलेजबाट वनभोजका लागि राइगढ जिल्लाको मुरदतटमा गएका थिए ।

यस दुखान्त घटनामा परेका विद्यार्थी १९ देखि २३ वर्षबीचका रहेको सहायक प्रहरी निरीक्षक अरविन्द पटेलले बताउनुभयो । मृत्यु हुनेमा १० जना छात्रा र तीन जना छात्र भएको उहाँले बताउनुभयो ।

पुनेबाट मानविकी, विज्ञान र व्यवस्थापन सङ्कायमा अध्ययनरत् १५५ विद्यार्थी सोमबार वनभोज खानका लागि उक्त सामुद्रिकतटमा गएका र स्थानीय समयअनुसार करिब ३ः३० बजे पौडी खेल्न उक्त सामुद्रिक किनारमा गएका बुझिएको सहायक प्रहरी निरीक्षक पटिलले बताउनुभयो ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा पौडी खेल्न गएका वेपत्ता विद्यार्थीहरुको खोजी गरिरहेको बताइएको छ ।