आगामी वर्षको जिल्ला विकास योजना तर्जुमा सुरु

0 5

धुन्चे (रसुवा), १९ माघ । आगामी आर्थिक वर्ष रसुवा जिल्लामा सञ्चालन गरिने एकीकृत जिल्ला विकास योजना तर्जुमा कार्य सुरु भएको छ ।

जिविसका अनुसार कुन गाउँटोलमा के कस्तो विकासको आवश्यकता पर्छ भन्ने विषयमा वडादेखि गाउँपरिषद् र इलाकास्तरीय योजना तर्जुमा कार्यबाट छनोट भएका कार्यक्रम स्वायत्त शासन ऐन नियमबमोजिम विषयगत समितिमा छलफल प्रक्रिया अगाडि बढाएको हो ।

कृषि, वन तथा वातावरण, जनसङ्ख्या तथा सामाजिक, जलस्रोत तथा भूमि, पूर्वाधार तथा संरचना, गैसस समितिबाट सिफारिस र जिल्लाभरकै कार्यक्रम एकीकृत गरी जिल्ला परिषद्मा पेस गर्नुपर्ने भएकाले छलफल प्रक्रिया अगाडि बढाएको जिविसले बताएको छ ।