सेनाको स्वास्थ्य शिविरबाट महिला बढी लाभान्वित

0 6

बैतडी, १९ माघ । रणशुर गुल्म र जिल्ला स्वास्थ्य कार्यालय बैतडीकोे संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा पुरुषभन्दा महिला बढी लाभान्वित भएका छन् ।

देहीमाण्डौमा रहेको मनकामना प्रावि सुन्दरखालीमा सोमबार सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १०५ महिला र ९७ पुरुष गरी २०२ जनाले सेवा लिएको रणशुर गुल्मका उपसेनानी विद्युत् कुमार बस्नेतले जानकारी दिनुभयो ।

उपसेनानी बस्नेतले भन्नुभयो – “शिविरमा बिरामीको जाँच गर्नुका साथै उनीहरुलाई उचित परामर्श र निःशुल्क औषधि वितरण गरिएको छ ।”

शिविरमा लामो समयको गर्भान्तरका लागि आइयुसिडी र इम्प्लान्ट सेवा तथा पाठेघर खसेका महिलाको स्क्रिनिङ तथा रिङ पेशरी राख्ने, सामान्य बिरामी जाँच, किराले खाएको दाँत निकाल्नेलगायतका सेवा दिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर किशोर अवस्थीले जानकारी दिनुभयो । ‘नेपाली सेना सदैव जनहित कार्यमा समर्पित’ भन्ने मूल नारा लिएर शिविर सञ्चालन गरिएको गुल्मले जनाएको छ ।