सहिदप्रति श्रद्धाञ्जलि अर्पण

0 6

काठमाडाँै, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा आज बिहान लैनचौरस्थित सहिद स्मारकमा पुगी सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

सहिद सप्ताहअन्तर्गत आज अन्तिम दिन प्रधानमन्त्री ओलीले सहिद स्मारकमा माल्यार्पण गर्नुभयो ।

सो अवसरमा सरकारका मन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाली सेनाका प्रधानसेनापति, राज्यका उच्च पदाधिकारी एवम् प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षकलगायतको उपस्थित रहेको थियो ।