इँटा उद्योविकास केन्द्रगमा बाल

0 6

बनेपा, १२ माघ । काभ्रेपलाञ्चोकको काशीखण्ड नगरपालिकामा रहेको फूलबारी इँटा उद्योगमा काम गर्ने कामदारका बालबालिकाका लागि बाल विकास केन्द्र स्थापना भएको छ ।

एक देखि पाँच वर्षसम्मका ३१ बालबालिकालाई लक्ष्य गरी झन्डै रु दुई लाख छ हजारको लागतमा गैरसरकारी संस्था शान्ति जनआदर्श सेवा केन्द्र धुलिखेलले ग्लोबल फिएरनेस इन्सिएटिभको प्राविधिक सहयोगमा निर्माण भएको दुईकोठे भवन सञ्चालनमा आएको छ ।

केन्द्रमा अध्यापन गराउन एक शिक्षकको समेत व्यवस्था भएको छ । एक साताअघि निर्माण भएको भवनमा रुकुम, रोल्पा, रामेछापका बालबालिकाले समेत करिब छ महिनासम्म अध्ययन गर्ने र उनीहरुलाई सम्बन्धित जिल्लामा अध्ययन गर्न सिफारिस गरिने केन्द्रका कार्यकारी निर्देशक दिनेश लामाले जानकारी दिनुभयो ।

उहाँले जिल्लाका तीन इँटा उद्योगमा रहेका कामदारका बालबालिकालाई शिक्षामा अवसर प्रदान गर्न त्यस्तो कार्यक्रम परियोजनाका रुपमा सञ्चालन भएको उल्लेख गर्दै शारदा बतासे गाविसको जागेश्वरी इँटा उद्योग र पाँचखालको पलाञ्चोक भगवती इँटा उद्योगमा समेत कार्यक्रम रहेको बताउनुभयो । “हाम्रो उद्देश्य बालश्रमलाई निरुत्साहित गर्ने हो” उहाँले भन्नुभयो ।

त्यस्तै छदेखि १४ वर्षसम्मका बालबालिकालाई पनि शिक्षामा पहुँच बढाउन नजिकैको विद्यालयमा भर्ना गर्ने अभियान सञ्चालन भएको छ