चिसोका कारण लाङ्टाङवासी काठमाडौँतर्फ

0 5

धुन्चे (रसुवा), १२ माघ । चिसोका कारण दैनिकी जीवन कठ्याङ्ग्रिन थालेपछि अधिकांश लाङ्टाङवासी काठमाडौँतर्फ लागेका छन् ।

स्थानीयवासी ग्लाल्बो तामाङका अनुसार गत वैशाखको भूकम्पले परिए, मुण्डु, घोडा तबेला, थाङसापलगायतका क्षेत्रमा रहेका घर भत्केको, बढ्दो हिमपातका कारण अस्थायी टहरो, त्रिपाल र टेन्टबाट बासस्थान असहज भएकाले तातोका लागि एक महिनाका लागि काठमाडौँतर्फ लागेका हुन् ।

लाङ्टाङ क्षेत्रमा अहिले चौँरी हेर्ने गोठालो र थोर बहुत मानिस भए पनि ८५ प्रतिशत भने काठमाडौँ गएको तामाङले बताउनुभयो ।

लाङ्टाङ क्षेत्रका ११६ घरपरिवारका लागि प्रतिपरिवार चार बन्डलका दरले लुथरन र मानेकोर सोसाइटी गैससद्वारा जस्तापाताको व्यवस्थापन र हवाइमार्गबाट लाङटाङ पु¥याउने काम सम्पन्न गरेपनि भूकम्प प्रतिरोधी हिमाली क्षेत्रलाई उपयुक्त हुने डिजाइन छनोट हुन नसक्दा पुनःनिर्माणको काम अगाडि बढ्न नसकेको बताइएको छ ।