‘बधशालादेखि भान्छासम्म सफा र स्वस्थ मासु’ अभियान

0 7

बाबियाचौर(म्याग्दी), ५ माघ । पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले ‘बधशालादेखि भान्छासम्म सफा र स्वस्थ मासु’ अभियान सञ्चालन गरिने बताउनुभएको छ ।

.बेनीमा आज आयोजित कार्यक्रममा उहाँले सफा र स्वस्थ्य मासु उपभोग गर्ने वातावरण तयार गरी जनस्वास्थ्यमा सुधार ल्याउन मन्त्रालयले यस्तो अभियान सुरु गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

“पशु बध गर्ने स्थल, मासु पसलदेखि उपभोक्ताले उपभोग गर्ने तरिका स्वस्थ्य र सफा हुन जरुरी छ”¬–राज्यमन्त्री पुनले भन्नुभयो, “सफा र स्वस्थ्य मासु उपभोग गर्ने अवस्था भएमा मात्रै धेरै रोग न्यूनीकरण गर्न सहयोग पुग्ने मात्र होइन, नेपालमा उत्पादित मासुको अन्तर्राष्ट्रिय बजार विस्तार हुन सक्छ ।”

अभियान सञ्चालनका लागि मन्त्रिस्तरमा निर्णय भएर कार्यविधि तयार गर्न लागिएको उहाँले जानकारी दिनुभयो । बधशाला र मासु पसल सुधार गर्न मन्त्रालयको उच्चस्तरीय टोली र जिल्लामा पशु सेवा कार्यालयको नेतृत्वमा नियमित अनुगमन संयन्त्र तयार गर्न लागिएको छ ।

“अनुगमन र जनचेतना अभिवृद्धि गर्न प्रचारप्रसारलाई जोड दिने सोचेका छौँ”¬–पुनले भन्नुभयो । राज्यमन्त्री पुनले नेपालमा उत्पादित मासु र दुग्धजन्य वस्तुको बजार प्रवद्र्धनका लागि सबैभन्दा पहिले स्वस्थ्य उत्पादनमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।