एमाओवादीको प्रादेशिक संरचनाअनुसार समिति

0 7

चितवन, ५ माघ । एकीकृत नेकपा माओवादी चितवनले प्रदेशिक संरचनाअनुसार साङ्गठनिक रुपमा कार्यभार दिँदै जिल्ला समितिलाई पूर्णता दिएको छ । विगत लामो समयदेखि रिक्त रहेको जिल्ला पार्टीमा चारमहिने कार्ययोजनासहित यस्तो जिम्मेवारी तोकिएको हो ।

एमाओवादीका ३ नं प्रदेश इन्चार्ज लीलामणि पोखरेल र प्रदेश सचिव नारायण दाहालको उपस्थितिमा सोमबार साँझ सम्पन्न दुईदिने बैठकले जिल्ला समितिमा विभिन्न जिम्मेवारी दिएपछि जिल्ला समिति चितवनले पूर्णता पाएको पार्टीले जनाएको छ ।

जसअनुसार निर्वाचन क्षेत्र नं १ मा मानबहादुर स्याङ्वो (उपेन्द्र), क्षेत्र नं–२ मा लालध्वज डल्लाकोटी (विवेक), क्षेत्र नं–३ मा बाबुराम खरेल, क्षेत्र नं–४ मा अन्जनकुमार तिमिल्सिना (सङ्घर्ष), र क्षेत्र नं–५ मा द्रोणबाबु शिवाकोटीलाई संयोजकको जिम्मेवारी दिइएको जिल्ला इञ्चार्ज यमबहादुर परियारले जानकारी दिनुभयो ।

नगरतर्फ भरतपुर उपमहानगरपालिकामा ईश्वर सापकोटा, राप्ती नगरपालिकामा अरुण चौधरी, खैरहनी नगरपालिकामा लक्ष्मी ढकाल, रत्ननगर नगरपालिकामा राजु अम्गाई, चित्रवन नगरपालिकामा पिताम्बर पोख्रेल, नारायणी नगरपालिकामा अनक मगर, माडी नगरपालिकामा प्रभुप्रसाद महतोलाई नगर इन्चार्ज तोकिएको परियारले जानकारी दिनुभयो ।

You might also like More from author