नेता जोशीको उपचारमा सहयोगको माग

0 3

काठमाडौँ, ३ माघ । नेपाली काँग्रेस पर्वतका पूर्वसभापति नारायणप्रसाद जोशी छ दिनअघिदेखि अचेत भई उपचारत रहनुभएकाले सहयोग गर्न केन्द्रीय कार्यालयले अनुरोध गरेको छ ।

भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका जोशीको उपचारमा सहयोग गर्न कार्यालयले पार्टी पङ्क्ति एवम् शुभेच्छुकलाई आग्रह गरेको हो । पञ्चायती व्यवस्थाका विरुद्ध लड्दा सर्वस्वहरणमा पर्नुभएका नेता जोशीले पटक पटक प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि सङ्घर्ष गर्नुभएको मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।

“जोशीे १५ वर्षदेखि अशक्त भई उपचाररत हुनुहुन्थ्यो, उहाँको उपचारमा आर्थिक समस्या भएकाले सहयोग गरिदिन शुभेच्छुकलाई अनुरोध गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छौँ” – उहाँले भन्नुभयो । प्रजातन्त्र प्राप्तिका लागि उहाँले लामो समय प्रवासमा समेत बिताउनुभएको पार्टीले जनाएको छ ।