मन्त्रालयहरु फुटाउनुको औचित्य पुष्टि गर्न प्रधानमन्त्रीलाई कांग्रेसको चुनौती

0 7
 काठमाडौं,पुष २९ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री ओलीमाथि राज्यकोषको ढकुटी स्वाहा पार्न केन्द्रीत भएको आरोप लगाउँदै मन्त्रालयहरु फुटाएको आरोप लगाएको छ ।
 
संसद्को सुशासन तथा अनुगमन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा नेपाली काँग्रेसका प्रभावशाली नेता एवं अघिल्लो सरकारमा वनमन्त्री महेश आचार्यले ६ जना उपप्रधानमन्त्रीसहित ४० जना मन्त्री बनाउनुको औचित्य पुष्टि गर्न चुनौती दिदै उक्त आरोप लगाएका हुन् ।
आचार्यले भने अहिलेको मन्त्रीपरिषद् विस्तारको औचित्य केही गरी पनि पुष्टि नहुने बतादै ओलीमाथि खनिए । मन्त्रालय फुटाएर मन्त्रीको संख्या थप गर्दा तथा जथाभावी संख्यामा उपप्रधानमन्त्री नियुक्त गर्दा राज्यकोषमा ठूलो असर गर्ने भन्दै यस विषयमा प्रधानमन्त्री ओलीलाई बोलाएर छलफल गरिनुपर्ने बताए।