बंगबन्धु गोल्डकपमा नेपालले श्रीलंकाको सामना गर्दै

0 6

काठमाडौं,पुष २९ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलमा नेपालले बुधवार श्रीलंकको सामना गर्दैछ। नेपाली टोलीका लागि श्रीलंकासँग बदला लिने दाउमा मैदान उत्रदैछन ।

बंगबन्धु खेल मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ । अघिल्लो साता साफ च्याम्पियन्सिप फुटबलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो । बुधबार विजयी नतिजा निकाल्न सके नेपालले श्रीलंकासँग बदलामात्र लिने छैन, १३ खेलसम्मको जितविहीन यात्रासमेत टुंग्याउने छ ।

सन् २०१३ को साफ च्याम्पियन्सिप फुटबल प्रतियोगितामा भारतविरुद्ध २–१ को जित निकालेको नेपालले त्यसपछि जित आत्मसाथ गर्न सकेको छैन । बंगलादेशमा जारी प्रतियोगिताअन्तर्गत् आफ्नो पहिलो खेलमा मलेसियन क्लब फेल्डा युनाइटेडसँग गोेलरहित बराबरी खेल्दै नेपालले १ अंक जोडेको छ ।

यसैगरी बुधबार नै हुने अर्को खेलमा बंगलादेश र मलेसिया आमने सामने हुँदैछन् । प्रतियोगिताको समूह ‘ए’मा आयोजक बंगलादेश, नेपाल, मलेसियाको फेल्डा युनाइटेड क्लब र श्रीलंका रहेका छन् भने समूह ‘बी’मा बंगलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोली, बहराइन, कम्बोडिया र माल्दिभ्स छन् ।