विश्वकप कबड्डीमा भाग लिन नेपाली टोली प्रस्थान

0 8

पथरी (मोरङ), २९ पुस । भारतको फरिदावादमा हुने विश्वकप कबड्डीमा चौथो पटक सहभागी हुन दुई प्रशिक्षकसहित १३ जनाको नेपाली महिला टोली आज भारत प्रस्थान गरेको छ ।

बुधबार बेलुका एक कार्यक्रमबीच सांसद अमृत अर्याल, जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलगायतले टोलीको बिदाइ गर्नुभयो ।

माघ १ देखि ३ गतेसम्म हुने विश्वकप प्रतियोगितामा नेपाल, भारत, चीन, बङ्गलादेश, अमेरिकालगायत ३७ देशका खेलाडी सहभागी हुनेछन् ।

अघिल्लो वर्ष भारतमै भएको विश्वकप कबड्डीमा नेपालले कास्यपदक प्राप्त गरेको थियो ।