निर्वाचन क्षेत्र विकासका लागि चार करोड विनियोजन

0 12

पाँचथर, २८ पुस । निर्वाचन क्षेत्र विकास अन्तर्गत सरकारले पाँचथर जिल्लालाई चालु आव ०७२÷७३ का लागि रु चार करोड बजेट विनियोजन गरेको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट दुईवटा निर्वाचन क्षेत्रका लागि रु एक करोड ५० लाखका दरले र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट सांसदले थप रु २० लाखका दरले रु एक करोड पाउने गरी कुल रु चार करोड रकम विनियोजन गरेको जिविसका योजना अधिकृत निमेश कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन क्षेत्र नं १ मा मौवा हात्तीआहाल पिकुवादोभान साउटार दुर्दिम्बाखण्ड मोटरबाटो ट्र्याक खोल्नका लागि रु १५ लाख, सराङडाँडा– ९ तीनडाँडे वलने दशमी मोटरबाटो ट्र्याक खोल्नका लागि रु १३ लाख, वन्थाक–रानीगाउँ–पिपलडाँडा–मगरडाँडा– खमारे ट्र्याक खोल्नका लागि रु सात लाख, लालेबारी धर्मउद्धार प्रावि हिंवुवा हागुम– ५ मोटरबाटो ट्र्याकको खोल्नका लागि रु सात लाख, याशोक – ८ ओर्दिनबाट थाकथका माङ्जाबुङ– ३, पूर्वमा माङ्जाबुङ– ४ सप्तमी सराङडाँडा जोड्ने माटोका लागि रु सात लाख रकम विनियोजन गरिएको छ ।

यस्तै लव्रेकुटी रिङरोड स्तरोन्नित गर्न रु सात लाख, वसाँगु पीपलबोटे आङसराङ– ५ खोक्रा हुँदै नवमीडाँडा– २ जोड्ने मोटरबाटोका लागि रु सात लाख, नवमीडाँडा– १ बाट इम्बुङ– ९ जोड्ने मोटरबाटो निर्माणका लागि रु सात लाख, कोप्चे फुर्के रुख हुँदै चप्लेरीढुङ्गा थामटार मोटरबाटो ट्र्याक खोल्नका लागि रु सात लाख, सप्तमी दशमी आङ्ना, हाक्पारे हुँदै तेह्रथुम जाने बाटो स्तरोन्नितिका लागि रु सात लाख, घुर्विसे पञ्चमी उमावि खेलमैदान रु सात लाख, आरुबोटे– ६ घुमाउनेडाँडा रातमाटे रवि– ९ आरुबोटेखण्डका लागि रु सात लाख, गेलीभन्ज्याङ, च्याप्लुङ, खुम्लिका वरडाँडा, तुम्बुङ तुम्मनति–सिन्केपाखा पैयुबोटे–फाक्तेप ख्यारपा दोबाटे मोटरबाटो चिलिङदेन ५, ६ र १ का लागि रु सात लाख, पाइप खरिद रु आड लाख, विद्युत् सामग्री खरिद रु ३४ लाख ७५ हजार र योजनागत प्रशासनिक खर्च रु दुई लाख २५ हजार गरी कुल रु एक करोड ५० लाख रकम क्षेत्र नं २ मा विनियोजन गरिएको हो ।

त्यस्तै क्षेत्र नं १ मा लाम्चौर घुम्ती कुटीडाँडा गौलीडाँडा खेनुवा तुवाखोला हेवाघाट मोटरबाटो एकतिनका लागि रु १० लाख, सेपेनी ताङ्लेपा माङ्लेबुङ खेलाधारी सल्लेरी डबला भञ्ज्याङ लामपोखरी पर्यटन मोटरबाटो मर्मतका लागि रु आठ लाख, चिहानडाँडा ओराङ्फुङ साम्रे पञ्चमी पानीसारा अमरपुरका लागि रु सात लाख २५ हजार, क्याम्पस मार्गको माथिल्लो दारिम्बा बाल केन्द्र हुँदै चमाखु जोड्ने मोटरबाटो थर्पुका लागि रु सात लाख, रातमाटे गाविस भवन तमाखे महादेवस्थल विलेभञ्ज्याङ मूलडाँडा मोटरबाटो रानीटारका लागि रु सात लाख, नाँगिन– ५ पञ्चमीघाट मार्ग रु सात लाख, याङ्नाम– ७ घुम्ती मोटरबाटोका लागि रु सात लाख रकम विनियोजन गरिएको छ ।

यस्तै ग्रामीण विद्युतीकरण फिदिम नगरपालिका पञ्चमी गाविसका लागि रु १४ लाख, फलैँचा– ४ धिमाले तिम्वुपोखरी ग्रामीण कृषि सडकका लागि रु सात लाख ५० हजार, नागी– ९ बाट कावेली हुँदै पाथिभरा जाने सडक क्रमागत रु १० लाख, पुष्पलाल मदन–आश्रित स्मृति भवन रु ३५ लाख, थाङ्नपा, थापावारी पदमढोका कुम्भकर्ण मगरचेप्पा भन्ज्याङ मोटरबाटो थाङ्नपा पदमढोकाखण्डमा रु सात लाख रकम विनियोजन गरिएको छ ।

त्यसैगरी मेचीराजमर्ग तारीबारी देउरालीदेखि रानीटार गाविस भवन तमाखे महादेवथान सडक रानीटार– ५ भैसेखर्कखण्डका लागि रु सात लाख, महागुरु फाल्गुनन्द साम्सेन वरक मन्दिर लव्रेकुटी घेरावारा तथा रिङरोड स्तरोन्नित लव्रेकुटी घेरावारा रु सात लाख, थर्पु–८ खेलमैदान निर्माण रु सात लाख र योजनागत प्रशासनिक खर्च रु दुई लाख २५ हजार गरी कुल रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।