स्वास्थ्य मन्त्री चौधरीबाट सम्पत्ति विवरण सार्वजनिक

January 11 2016 08:20

काठमाडौँ, २७ पुस । स्वास्थ्य मन्त्री रामजनम चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुभएको आफ्नो सम्पत्ति विवरणमा मन्त्री चौधरीको कैलाली जिल्लाको जोशीपुर गाविस–४ मा पुख्र्यौली घर रहेको उल्लेख गर्नुभएको छ । यस्तै, उहाँको नाममा जोशीपुर– ४ मा पुख्र्यौली खेत रहेको छ भने काठमाडौँको धर्मस्थलीमा चार आना जग्गा रहेको छ । सम्पत्ति विवरणमा १० तोला सुन र २० तोला चाँदी रहेको पनि उल्लेख छ ।

यस्तै, मन्त्री चौधरीको एभरेस्ट बैंकलगायतका बैंकहरुमा करिब रु एकलाख ४० हजार नगद मौज्दात रहेको छ । उहाँले विभिन्न बैंकबाट रु १५ लाख ऋण लिनुभएको छ । छोरा मुकेश चौधरीको नाममा टाटा सुमो गोल्ड गाडी र एउटा मोटरसाइकल रहेको पनि उहाँवले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top