मानवाधिकार रक्षाका लागि कालोपट्टी बाँधेर दबाब

0 11

download

काठमाडौँ, २६ पुस । महिला सुरक्षा दबाब समूह नेपालले भ्रष्टाचार, महँगी र कालोबजारी हुँदा पनि सरकारले कुनै चासो नदिएको भन्दै कालोपट्टी बाँधेर विरोध गरेको छ ।

समूहका अध्यक्ष सावित्री थापाले नाकाबन्दी र कालोबजारीले मानिसको जिउने अधिकारमा बाधा पुगेको बताउँदै अघोषित नाकाबन्दीले जनताको चुल्हामा आगो बाल्न कठिन भएको अवस्थामा समस्या समाधानका लागि सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।

उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले तराई–मधेसमा भएको आन्दोलनलाई वार्ताबाट समाधान गरी नाकाबन्दी खोल्न सरकारसँग आग्रह गर्नुभयो । समूहले वर्तमान समस्याको समाधानका लागि प्रधानमन्त्री, ऊर्जामन्त्री, वाणिज्य, आपूर्र्ति र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।