सरकारी स्वीकृतिविनै हेपाटाइटिसको औषधि परीक्षण

0 7

31-hepatitis-600x330काठमाडौं- एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारी स्वीकृतिविना नै नेपालमा रहेका दुई सय लागुऔषध प्रयोगकर्तालाई हेपाटाइटिस सी विरुद्धको नयाँ औषधि परीक्षण गरेको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जिआइजेडले ग्लोबल फन्डबाट औषधि झिकाई आफूखुसी लागुऔषध प्रयोगकर्तामा औषधिको परीक्षण गरेको हो । स्रोतका अनुसार सो संस्थाले ‘गामा इन्टरफेरोन’ र ‘रिभाभेरिन’ नामक औषधि लागुऔषध प्रयोगकर्तामाथि परीक्षण गरिएको हो ।

त्यसका लागि दुईवटा निजी अस्पताल, निजी क्षेत्रकै ल्याब र निजी क्षेत्रकै चिकित्सकलाई प्रयोग गरिएको छ । यस्ता नयाँ औषधि तथा खोपहरूको परीक्षण गर्दा वा प्रयोग गर्दा सरकारको स्वीकृति लिनुपर्छ । – नयाँ पत्रिकाले खवर छापेको छ ।