तीन दलसँगको निर्णायक वार्तामा सदभावना पार्टी नजाने

0 11

 

Congress_UML_Moist_991320883 काठमाडौं,पुष १९ । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले प्रमुख दलहरुसँगको वार्ता बहिष्कार गर्ने भएको छ । विराटनगर घटनामा सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने निर्णय सद्भावना पार्टीले गरेको हो ।

विराटनगरको रानी भन्सार नाकामा धर्ना दिने क्रममा भएको झडपमा सदभावनाका अध्यक्ष महतो घाइते भएका थिए । उक्त घटनालाई लिएर प्रमुख तीन दल र मधेसी मोर्चाबीच आईतवार साँझ ६ बजे बोलाइएको वार्तामा सदभावना सहभागि नहुने भएको हो ।