फिफाबाट १० वर्षे प्रतिबन्धमा परेपनि एन्फाकै गाडीमा थापा

0 4

 

काठमाडौं,पुष १९ । फिफाबाट १० वर्षे प्रतिबन्धमा परेको डेढ महिना वितिसक्दा पनि अखिल नेपाल फुटबल संघ (एन्फा)बाट सुविधामा लिएको गाडी अध्यक्ष गणेश थापाले फिर्ता गरेका छैनन्। एन्फाले पनि आफ्नो फर्चुनर गाडी फिर्ताको पहल गरेको छैन। अपिलको समयसम्म कुरेको भन्दै एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले शनिबार भने, ‘छिट्टै गाडी फिर्ताको प्रक्रिया अघि बढाउनेछौं।’

व्यवस्थापिका संसद सदस्य समेत रहेका थापालाई कात्तिक ३० गते फिफा एथिक्स कमिटिले भ्रष्टाचारको अभियोगमा १० वर्षे प्रतिबन्धसहित झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो । फिफाले आफूमाथि अन्याय गरेको उल्लेख गर्दै त्यति बेला थापाले भनेका थिए, ‘अपिल गर्ने वा कोर्ट अफ आर्बिट्रेसन फर स्पोटर्स (सिएएस) सम्म जान सक्छु।’ फिफामा अपिलको अवधि गुजारिसकेका थापा सिएएस पनि गएका छैनन्। नागरिक दैनिकमा समाचार छ ।