संसदको अबरोध आइतबार पनि कायमै,हाजिर गरेर चौरमा घाम ताप्दै सभासद

0 4

savashad

काठमाडौं,पुष १९ । मधेसीमोर्चाका सभासदहरुले संसदको अबरोध आइतबार पनि जारी राखेका छन् ।

संविधानका कतिपय विषयमा आपत्ति जनाउदै संसदहरुले आइृतवार पनि संसद वैठक अवरोध गरे । सभामुख ओनसरी घर्तीमगरले संसदको बैठक शुरु गर्नासाथ मधेसी मोर्चाका सदस्यहरुले नाराबाजी गर्दै बेल घेराउ गरेका थिए।

विरोधकाबीच पनि सभामुख घर्तीले सदनको कारबाही अघि बढाउँदै सचिवालयले तयार गरेको कार्यसूची अनुसार मन्त्रिपरिषदबाट प्राप्त पत्र पढेर सुनाएक िछिन् ।

त्यसपछिको वैठकमा अर्थ मन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंक ९दोस्रो संशोधन० विधेयक, २०७१ छलफलका लागि पेश गरेका छन्। सभामुखले सदस्यहरुलाई बैठकमा उपस्थित हुन तीन मिनेटको समय घण्टी बजाएपछि बाहिर बसेका सत्तापक्षका सदस्यहरु बैठक कक्षमा पुगेका थिए।