नाकाबन्दी नहटेसम्म प्रधानमन्त्री भारत टेक्दैनन् राज्यमन्त्री चौधरी

0 11

गाईघाट (उदयपुर), १९ पुस । सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले भारतले अहिले नेपालविरुद्ध अघोषित रुपमा लगाएको नाकाबन्दी नहटाएसम्म वर्तमान प्रधानमन्त्रीले भारत नटेक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल उदयपुरद्वारा आज सदरमुकाम गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा उहाँले एकातिर भारतले नेपालका प्रधानमन्त्रीलाई फोन गरेर भारत भ्रमण गर्न निम्तो दिन्छ्, अर्कातिर नेपालमा अघोषित रुपमा आर्थिक नाकाबन्दी लगाएर नेपाली जनतालाई महासङ्कटमा पार्छ भन्नुभयो ।

भारतले हेपाहा प्रवृित्त देखाएको तथा सीमा नाका र दशगजा क्षेत्रमा भारतीय जनता र सुरक्षाकर्मीलाई नै नेपालविरुद्ध आन्दोलन गर्न मधेसीलाई सघाइरहेको बताउँदै उहाँले ९०% भन्दा बढी जनप्रतिनिधिद्वारा पारित भएर जारी भएको संविधानलाई १०% प्रतिशत केही आन्दोलनकारीले बन्धक बनाउन खोजिरहेको आरोप पनि लगाउनुभयो ।

अहिले उत्तरी छिमेकी देश चीनसँगको व्यापारिक सम्झौता गर्न र उत्तरी नाका खोलेर दुई देशबीचको व्यापार सहज बनाउन प्रधानमन्त्री छिट्टै चीन भ्रमणमा जाने उहाँले बताउनुभयो ।