तराई आन्दोलन अझ सशक्त बनाउने मोर्चाको नयाँ रणनीति

December 31 2015 05:32

madhes dal

१६ पुस । काठमाडौं । मधेसी मोर्चाले भारत सकारात्मक वा नकारात्मक जस्तो भए पनि आफ्नो आन्दोलन अझ सशक्त बनाउने रणनीति बनाएको छ ।

मोर्चाले राखेका माग सम्वोधन नभएसम्म आन्दोलन नरोक्ने तयारी छ । १९ गतेसम्म यसअघि तय गरिएका कार्यक्रम कायम रहने र २० गते बैठक बसेर नयाँ आन्दोलनका कार्यक्रम बनाउने मोर्चाले तयारी गरेको छ ।

मोर्चाका संयोजक तमलोपाका अध्यक्ष महन्त ठाकूरले २० आन्दोलनको नयाँ स्वरुप बारे छलफल गर्ने बता । मोर्चा संयोजक ठाकुरले प्रमुख दलहरुले संसोधन प्रस्तावमा मोर्चाका माग नसमेटेसम्म आन्दोलन नरोक्ने बताए।

उनले सहमति नभए २० गतेपछि नाका खोल्ने नभई आन्दोलन झन कडा पार्ने चेतावनी दिए । मोर्चामा नेताहरु अहिले मधेस जान थालेका छन् ।

प्रमुख दलका नेताहरु समेत पार्टी कार्यक्रममा उपत्यका बाहिर रहेपछि वार्ता अनिश्चित बनेको छ ।

मोर्चाले आफ्नो कार्यदिसा अगाडि बढाउन उपेन्द्र यादब, राजेन्द्र महतो लगायत बिच बारम्बार वार्ता गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top