भ्रष्टाचार मुद्दामा इजरायलका पूर्व प्रधानमन्त्रीलाई १८ महिना जेल

0 9

|२०७२ पौष १५ बुधवार एजेन्सी : भ्रष्टाचारमा दोषी ठहरिएपछि इजरायलका पूर्व प्रधानमन्त्री एहुद ओलमर्टलाई अदालतले १८ महिनाको जेल सजाय सुनाएको छ ।
त्यहाँस्थित उच्च अदालतले घुसखोरीमा दोषी ठहर गर्दै देशको इतिहासमा पहिलो पटक पूर्व प्रधानमन्त्रीलाई जेलको बाटो देखाएको हो ।
बहरहाल उच्च अदालतले ७० वर्षीय नेतालाई ६ वर्षको सजाय घटाएर १८ महिनामा झार्दै अन्य आरोपबाट भने उनलाई मुक्त गरेको छ ।
ओलमर्टलाई भ्रष्टाचार मुद्दामा स्न २०१४ मे मा दोषी ठहर्‍याइएको थियो । उनलाई तल्लो अदालतले अलग अलग मुद्दामा ६ वर्षको जेल सजाय सुनाएको थियो ।
उनी सन् २००६ देखि सन् २००९ सम्म इजरायलका प्रधानमन्त्री बनेका थिए । इजरायलको उच्च अदालतले करिब एक लाख २५ हजार डलर घुस लिएको अभियोगमा उनलाई आंशिकरुपमा दोषी ठहर गर्दै अन्य आरोपबाट भने उनलाई मुक्त गरेको थियो ।
तर, उनले १५ हजार डलर घुस लिएकोमा भने उनी दोषी ठहरिएका छन् । ओलमर्टले एक विज्ञप्ती निकाल्दै आफूले कहिल्यै घुस नलिएको बताएका छन् ।
उनले अदालतबाट आफूबारे भएको फैसलाको सम्मान गर्ने जनाउँदै सजाय कम गरिदिएकोमा अदालतप्रति आभार व्यक्त गरे ।