राप्रपा जिल्ला अध्यक्ष शाहको निधन

0 6

laeoti

भक्तपुर, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रप्रताप शाहको गए राति निधन भएको छ ।

भक्तपुरको नगरकोट नगरपालिका–११ का स्थायी बासिन्दा शाहको ७१ वर्षको उमेरमा निधन भएको हो । राति अचानक दम देखिएलगत्तै सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका लागि ल्याइएकामा उहाँको उपचार कै क्रममा निधन भएको राप्रपा नगरकोट नगर अध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।

राप्रपामा रहेरै भक्तपुरका जिल्ला विकास समितिको तीन पटकसम्म जिल्ला सभापति भएर जिल्लाको विकासमा योगदान दिनुभएका शाह राप्रपाको ७५ जिल्ला मध्येकै वरिष्ठ अध्यक्षका रुपमा चिनिँदै आउनु भएको थियो ।

जिल्ला सहकारी सङ्घका अध्यक्षसमेत रहनुभएका शाहको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न बिहान ८ बजेदेखि १० बजेसम्म भक्तपुर अस्पतालको प्राङ्गणमा राखिने भएको छ भने १०ः ३० बजे शवयात्रा गरी पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।