शान्ति र स्थिरताका लागि निकास भारतीय राजदूत रे

0 8

काठमाडौं , नेपालका लागि भारतीय राजदूत रन्जित रेले शान्ति, स्थिरता र विकासका लागि मधेसी का मुद्दालाई निकास दिनुपर्ने बताएका छन्।

राजदूत रेले भारतीय दूतावास लैनचौरमा पूर्वराजदूत, नागरिक समाजका अगुवासहित डेढ दर्जन बुद्धिजीवीलाई बुधबार दिवाभोजसहितको अवर मा छलफल भने, ‘भारत नेपालमा शन्ति, स्थिरता र विकास चाहन्छ। त्यसका लागि चाँडोभन्दा चाँडो मधेसका मुद्दालाई निकास दिन सरकार, प्रमुख राजनीतिक दल र आन्दोलरत पक्षबीच सहमति आवश्यक छ।
समूह÷समूह र व्यक्तिगत रूपमा सहभागीसँग राजदूत रेले मधेस आन्दोलनलाई निकास दिन मोर्चाका ११ बुँदे अवधारणा र सरकारले अघि सारेको तीनबुँदे अवधारणाबारे जिज्ञासा राखेका थिए।मधेसी मुद्दालाई संवैधानिक रूपमा सम्बोधन गर्न केकस्तो नीति अवलम्बन गर्नुपर्ने भनी उनले सहभागीसँग जिज्ञासा राखेका थिए।

पूर्वराजदूत डा। लोकराज बरालले राजदूत रेले आफूसँग मधेसको समस्यालाई चाँडोभन्दा चाँडो निकास दिँदै मुलुकलाई आर्थिक विकासमा अघि बढाउनुपर्ने धारणा राखेको बताए।उनले भने, लन्च मिटिङ भएकाले राजनीतिक इस्यु रहेन। यद्यपि नेपालमा देखिएको समस्याको निकसा नेपालभित्रैबाट गर्नुपर्ने पक्षमा राजदूत रेलाई पाएँ।ु

पूर्वमन्त्री डा। डम्बरनारायण यादवले मधेसको समस्या निकासका लागि संवैधानिक र राजनीतिक प्रतिवद्धताका बारेमा आफूसँग रेले जिज्ञासा राखेको बताए।
मधेसको समस्यालाई निकास दिने जिम्मेवारी नेपालकै राजनीतिक दल र सरकारको रहेकोले यो समस्याले चाँडोभन्दा चाँडो निकास पाउनेमा आफू विश्वस्त रहेको धारणा रेले राखेको जानकारी उनले दिए।

लन्च मिटिङमा पूर्वराजदूतहरू सिंहबहादुर बस्नेत, दुर्गेशमान सिंह, डा। शंकर शर्मा, डा। बराल, नागरिक समाजका अगुवा डा। सुन्दरमणि दिक्षित, डा। यादवलगायत थिए।सहभागी केही पूर्वराजदूत र नागरिक समाजका अगुवाले राजदूत रेसमक्ष मन्त्रिपरिषद्ले मधेस समस्या निकासका रूपमा पारित गरेको तीनबुँदे निर्णय समस्याको निकास नभएर बाधक रहेको धारणा राखेका थिए।

वर्तमान सरकारले मधेसी मुद्दालाई निकास दिन नसक्ने हुँदा त्यसको विकल्पमा जानुपर्ने, मोर्चाको ११ बुँदे अवधारणा कार्यान्वयनका लागि पनि भारतीय पहलको आवश्यकता रहेको धारणा सहभागीले राखेका थिए। सरकार आफैं सुनियोजित रूपमा मधेसको समस्या बढाउँदै गएको, सरकारको इसारामा भारतविरोधी कार्यले प्राथमिकता पाएकोमा केही सहभागीले जोड दिएका थिए।