फेमिलियरमार्टको अनलाईन स्टोर सञ्चालन,के-के छ त सुविधा ?

0 11

काठमाडौं,मंसिर ७ । स्वदेशी वस्तुको प्रयोग र प्रबर्द्धन, आर्थिक क्रान्तिको महाअभियान भन्ने नाराको साथ नेपाली उत्पादनको जडिबुटिजन्य औषधी तथा कस्मेटिक सामानको क्षेत्रमा काम गर्दै आएको वल्र्ड मार्ट युनिक सोलुसन प्रा लि ले फेमिलियरमार्ट अनलाईन स्टोर (www.familiarmart.com) सुरु गरेको छ । राजधानीमा विशेष सेमिनारको माझ बनमन्त्री बन तथा भूसंरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाले फेमिलियरमार्ट डटकमको उट्घाटन गर्नुभयो । उपत्यकका ब्युटिपार्लर, अस्पताल, कस्मेटिक लगातयहरुलाई समेटिएर उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ब्युटिसियन कमला श्रेष्ठ, कलाकार किरण केसी लगायत अन्य चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो ।

नेपाली बजारमा नेपाली जडिबुटीमाग बढेपछि उक्त मागको सहज रुपमा पूर्ति गर्न र अन्तराट्रिय बजार सम्म नेपाली जडिबुटिजन्य सामानको लोक प्रियता बढाउन फेमिलियरमार्ट अनलाईन स्टोर सुरु गरेको र फेमिलियरको अहिले काठमाडौं भ्यालीमा १७ वटा स्टोर सञ्चालनमा रहेको र अब त्यसलाई दश गुना बढाएर १७० वटा स्टोर सञ्चालनमा ल्याउने तयारी भै रहेको सञ्चालक सुमन दाहालले बताए । सेमीनार कार्यक्रममा फेमिलियरले आफ्नो स्टाफहरुलाई सम्मान समेत गरेको थियो ।

विशेषज्ञ चिकित्सक समूहको रिसर्जवाट उत्पादन हुने फेमिलियरको उत्पादकको राजधानीको औषधी पसल, कस्मेटिक , किनारा पसल र प्रत्येक ब्युटिपार्लरहरु विक्रि हुने गरेको छ । नेपाली बजारमा यसको माग बढेपछि फेमिलियरले ७० भन्दा बढि पोडक्टको बिक्री गर्दै आएको छ ।

फेमिलियरमार्टको आइडी डिपार्ट बर्गिकृत गरि यस आईटि डिपार्ट कविराज गिरीको संयोजकमा सञ्चालन हुनेछ । यस साईटवाट आफुलाई चाहिएको जानकारी र यसको मूल्यको बारेमा जान्न सकिनेछ । पछिल्लो समय विश्वमा फड्को मारेको सुचना प्रविधीलाई मध्येनजर गर्दै आम मानिसहरुको लागि सजिलो र सहज होस भन्ने उदेश्यले अनलाईन स्टोर सञ्चालन गरेको आईटि संयोजक कविराज गिरीले बताए ।

यस साइटमा फेमिलियरले अफ्नो उत्पादकहरुको साथै रोटी मेकर, कफि मेकर, इन्डक्सन चुलो लगायत अन्य सामानको मूल्य सहित उपलब्ध गराएको छ । यो सुविधासँग अब प्रत्येक व्यक्तिले (www.familiarmart.com) लगइन गरि हात-हात वाटै फेमिलियरमार्टको उत्पादकको साथै नयाँ नयाँ उत्पादको बारेमा जानाकारी लिन सक्नेछ । साथै फमिलियरले चाडै मोबाईल एक्स पनि लन्च गदैछ ।