फिफाद्वारा गणेश थापालाई १० वर्ष प्रतिबन्ध र २० हजार स्वीस फ्रान्क जरिवाना

0 6

फिफाद्वारा गणेश थापालाई १० वर्ष प्रतिबन्ध र २० हजार स्वीस फ्रान्क जरिवाना

काठमाडौं,मंसिर १ ।अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको अनुशासन समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापा २० हजार स्वीस फ्रांक जरिवानासहित फुटबल खेलबाट १० वर्षसम्म प्रतिबन्ध लगाएको छ। उनलाई सन् २००९ र २०११ मा सम्पन्न एसियन फुटबल फेडेरेसन कंग्रेसको चुनावका क्रममा अनियमितता गरेको र घुस लिएको आरोप लागेको छ। यस्तो घुस उनले आफ्नो र परिवारको फाइदाका लागि लिएको सो समितिले जनाएको छ।