मोरङ र सुनसरी नछुट्याउने प्रचण्डको याँ प्रस्ताव

November 17 2015 04:33

मोरङ र सुनसरी छुट्याउने प्रचण्डको नयाँ प्रस्ताव

काठमाडौं,मंसिर १ ।एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार मधेसीमोर्चा र विपक्षी कांग्रेसबीच निर्णायक वार्ता तयारीका लागि संवाद थालेका छन् ।
आइतबारको शीर्ष नेतास्तरीय वार्तामा ठोस गति नलिएपछि उच्चस्तरीय राजनीतिक समन्वय समिति संयोजकसमेत रहेका दाहालले अनौपचारिक भेट तीब्र पारेका हुन् ।
पछिल्लो समय उनले सीमांकनमा नयाँ प्रस्ताव ल्याएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
हालको प्रदेश नम्बर २ अन्गर्तत सप्तरीदेखि पर्सालाई कायम राख्ने, नवलपरासीदेखि बर्दियासम्म थारु बहुल बस्ती छुट्याएर बाँकी पहाडसँग मिलाउने, झापा र कंचनपुर विवादित जिल्ला घोषणा गरी राजनीतिक समितिमार्फत टुंग्याउने र मोरङ र सुनसरी जिल्ला सीमा परिवर्तन गरी पहाडी बहुल क्षेत्रलाई पहाडमा र मधेसी बहुल क्षेत्रलाई मधेसमा मिसाउने उनको प्रस्ताव छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top