नेपालमा चार प्रतिशतमा मधुमेह

0 3

पोखरा, २८ कात्तिक । विश्व मधुमेह दिवसका अवसरमा स्थानीय मालेपाटनमा आज मधुमेह र मिर्गाैलासम्बन्धी निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरियो ।

नेपाल मधुमेह समाज कास्की र सूर्यचन्द्र विकास समाज पोखराको आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरीको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा करिब ३०० जनाले निःशुल्क रक्त परीक्षण गरेका थिए ।

वरिष्ठ चिकित्सक डा बुद्धिबहादुर थापाले कार्यक्रमको शुभारम्भ गर्दै मधुमेह रोग शरीरका सबै भागमा पैmलन सक्ने र यसले मुख्यतया मिर्गाैला, मुटु, नसा र दिमागमा असर गर्ने भएकाले रोगबाट जोखिन खानपिन र जीवन शैलीमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

ल्याबोरेटरी प्रालिका अध्यक्ष चेतबहादुर गुरुङ र प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले प्रालिको स्थापनापछि पाँच हजार जनाले निःशुल्क मधुमेह रक्त परीक्षण र ३५ हजार जनाले सेवा लिइसकेको जानकारी दिनुभयो । विश्वमा मधुमेह रोगबाट चीन र भारतका जनता बढी पीडित भएको र नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मधुमेह रोग लागेको बताइएको छ ।