पेट्रोलियम पदार्थ बोकेको ट्यांकर अलपत्र

0 6

२०७२ कार्तिक २६ / रसुवा: पेट्रोलियम पदार्थ बोकी रसुवागढीबाट नेपाल प्रवेश गरेको एक ट्याङ्कर बिग्रिएर बीच बाटामा अलपत्र परेको छ।
जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार स्याफ्रु गाविस वडा नं ४ सानो भार्खुको बाह्रघुम्तीमा नौ हजार लि पेट्रोलियम पदार्थ बोकी आएको ट्यांकरको सुरक्षाको व्यवस्था मिलाइसकेको र २४ ट्याङ्कर पेट्रोलियम पदार्थ लिई काठमाडौँतर्फ प्रस्थान गरिसकेको प्रमुख विष्टले जानकारी दिए।
यस्तै तिहारलाई लक्ष्य गरी चीनबाट आयात गरिएको स्याउ बोकेका ३७ कन्टेनर पनि काठमाडौँतर्फ आज अपराह्न प्रस्थान गरेका छन्।
फलफूलको आपूर्ति व्यवस्था मिलाउन ती कन्टेनर आजै राति अबेरसम्म भए पनि काठमाडौँ पुग्ने चालकले बताएका छन्।