पढ्दै गरेका २७ विद्यार्थी अचानक बेहोस.

0 6

 

२०७२ कार्तिक २६ /  लन्डन (बेलायत) : उत्तरी इङ्गल्यान्डको नर्थ योर्कसायरमा एक स्कुलमा पढ्दै गरेका २७ जना विद्यार्थी अकस्मात् बेहोस भएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
विद्यार्थीहरु विद्यालयमा अकस्मात् बेहोस भएपछि सबैलाई बुधबारै अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु बेहोस हुनाको कारण पत्ता लागि नसकेकाले अस्पतालमा विभिन्न परीक्षणहरु भइरहेका प्रहरीले जनाएको छ ।
उनीहरुसँगै मनोचिकित्सकद्वारा रोगका लक्षण तथा समस्याका बारेमा परामर्श लिइँदै गरेको स्थानीय पत्रपत्रिकाले लेखेका छन् ।