जिप दुर्घटना –पाँचको मृत्यु

0 12

लमजुङ, २६ कात्तिक । लमजुङ सदरमुकाम बेँसीसहर नगरपालिकाको चनौटे धालुधारामा गएराति १ः३० बजे ग१ज ५५८८ नं को जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । 

मृतकहरूमा बेँसीसहर नगरपालिका–१० का २३ वर्षीय भरत थापा, २६ वर्षीय वसन्त श्रेष्ठ, २२ वर्षीय मुसा तामाङ, २५ वर्षीय खुसिराम आले र खुदी–९ का नन्द गुरुङ रहेका छन् । 

घटनामा परी सोही स्थानका हिरा घले र अक्कल तामाङ सख्त घाइते रहेका छन् । उनीहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको छ । 

बेँसीसहर नगरपालिका बेलौती बिसौनाबाट बेँसीसहरतर्फ आउँदै गर्दा जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिप्रका लमजुङले जनाएको छ ।