पेट्रोलियम कालोबजारी गर्ने पम्पमाथि मुद्दा दायर

0 7

लहान, २५ कात्तिक । पेट्रोलियम पदार्थको अभाव देखाएर पेट्रोल पम्पभित्र पेट्रालियम पदार्थ लुकाई बढी मूल्यमा बिक्री गरिरहेको आरोपमा पक्राउ परेका दुई जनामाथि प्रहरीले मुद्दा चलाएको छ ।

पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न रहेको आरोपमा पक्राउ परेका लहानस्थित मुरारका आयल टे«डर्सका सञ्चालक रामवली महतो र सिरहाको धनगढीस्थित गुप्ता आयल स्टोर्सका दिलीप साहमाथि कालोबजारी ऐनअन्तर्गत मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

पेट्रोल पम्पभित्र पेट्रोलियम पदार्थ लुकाएर बढी मूल्यमा बिक्री गर्दै आएको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले गत सोमबार राति लहानस्थित मुरारका आयल टे«डर्सबाट ६० लि पेट्रोल र सिरहाको धनगढीस्थित गुप्ता आयल स्टोर्सबाट ११ लि डिजल बरामद गर्दै दुवैलाई पक्राउ गरेको थियो ।