सप्तरीमा एक ट्रकमा आगजनी

0 5

सप्तरी, २५ कात्तिक । बन्दको अवज्ञा गरेको भन्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेजमा आज विहान ३ः०० बजे एउटा ट्रकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन् ।

पूर्वबाट पश्चिमतर्फ मैदा बोकेर जाँदै गरेको ना ५ ख ९१६२ नम्बरको ट्रकमा मोर्चाका कार्यकर्ताले आगजनी गरेका प्रहरीले जनाएको छ । आगलागीबाट ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।