नाकाबन्दी हटाउन कूटनीतिक पहल आवश्यक – महामन्त्री सिंह

0 4

Prakash-Man-Singh

 

काठमाडौँ, २५ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नाकाबन्दी हटाउन कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।

तिहारको अवसरमा नेपाल प्रेस युनियन महिला विभागले आज आयोजना गरेको देउसी भैलो कार्यक्रममा महामन्त्री सिंहले मधेसका जायज मागलाई संविधान संशोधनमार्फत टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

उहाँले मधेसमा जारी आन्दोलनले मधेसमा काम गर्ने पत्रकार असुरक्षित भएको भन्दै वार्ताको माध्यमबाट चाँडो समाधान खोज्न सरकारलाई आग्रह गर्नुभयो ।

महामन्त्री सिंहले नेपालीको दोस्रो ठूलो चाड तिहार, नेपाल सम्वत्, छठलगायत चाडका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

उहाँले संविधान निर्माण भएकाले अब मुलुकको प्राकृतिक स्रोत साधनलाई उपयोग गरी आर्थिक क्रान्ति आवश्यक रहेको औँल्याउनुभयो ।