मन्त्रीको घरमा कामदारले गरिनआत्महत्या

0 14

मन्त्रीको घरमा कामदारले गरिनआत्महत्या

काठमाडौँ, कार्तिक २५ । नवनियुक्त राज्यमन्त्री कुन्ती शाहीको घरेलु कामदारले झुण्डिएर आत्महत्या गरेकी छिन् । बानेश्वर हाइटस्थित शाहीको घरमा १४ वर्षीय सिता गिरीले आइतबार बिहान आत्महत्या गरेकी हुन् । शौचालयभित्र सलले झुण्डिएको अवस्थामा उनको शन भेटिएको थियो । बिहान आधा कप चिया खाएर उनी घरको माथिल्लो तलामा गएकोमा नफर्किएपछि शौचालयमा हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । शौचालयमा भित्रबाट चुकुल लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बोलाउँदा पनि ढोका नखोलेपछि घरका परिवारले चुकुल तोडेर हेर्दा उनी मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले घटनास्थलमै चिकित्सक लगेर मुचुल्का बनाएको थियो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या नै भएको तर कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । गिरी रत्नराज्य स्कुलमा ६ कक्षामा पढ्छिन् । उनको परिवारले घटनाको छानविनको लागि प्रहरीमा जाहेरी दिएको छ । राप्रपा नेपालबाट शाही सोमबार मात्र स्थानीय विकासमन्त्रीमा नियुक्त भएकी थिइन् । समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।