प्रधानमन्त्री ओली र फ्रान्सका राष्ट्रपतिबीच टेलिफोन वार्ता

0 9

काठमाडौँ, २४ कात्तिक । फ्रान्सले नेपालको आर्थिक विकासका लागि मिलेर काम गर्र्नेे बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्तामा फ्रान्सका राष्ट्रपति फ्रान्सिस अलन्दले नेपालको आर्थिक विकास र प्रगतिमा सहयोग गर्न आफू र आफ्नो मुलुक इच्छुक रहेको बताउनुभएको थियो ।
नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध पुरानो भएपनि दुई देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखको तहमा औपचारिक भ्रमण नभएको सन्दर्भमा फ्रान्सेली राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच टेलिफोन वार्ता गर्नुभएको हो ।

सोमबार भएको टेलिफोन वार्तामा फ्रान्सेली राष्ट्रपति अलन्दले नेपालको प्राकृतिक सौन्दर्य र विविधताको बारेमा थाहा पाएको बताउनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।