देवकोटा नेपाली साहित्यका जग

0 6

http://chautarikhabar.com/wp-content/uploads/2015/09/laxmi.jpg

काठमाडौँ, २४ कात्तिक । डिल्लीबजारस्थित सूर्योदय आवासीय मालिे महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा साहित्यकार जीवनाथ धमला, डा कृष्णप्रसाद भट्टराईलगायतले कविता वाचन गर्नुभएको थियो । साथै डिल्लीबजार रोट्रयाक्ट क्लबद्वारा प्रस्तुत गरिएको देउसी भैलो कार्यक्रमले नेपाली संस्कृतिको सजीव रुप प्रस्तुत गरेको थियो ।

सहभागीले नेपाली मौलिक परम्परा उजागर गर्ने गरी देउसी–भैलो भट्याएका थिए । कार्यक्रममा विद्यार्थीले गरेको आकर्षक नृत्यले झलमल्ल बत्ती र फूलको पर्व तिहारको विशेषतालाई प्रस्तुत गरेको भान हुन्थ्यो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकवि देवकोटा नेपाली साहित्य र शिक्षा क्षेत्रका जग भएको बताउनुुभयो ।