तराईको समस्या राजनीतिक तवरले समाधान गर्नुपर्छ – राय

0 4

http://www.kantipurhotline.com/wp-content/uploads/2015/10/hqdefault.jpg

काठमाडौँ, २४ कात्तिक । नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपालमा संविधान जारी भएपछि तराईमा देखिएको राजनीतिक समस्या राजनीतिक तवरबाटै समाधान गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले राजनीतिक समस्याको समाधान वार्ता र संवादबाटै खोजिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल–भारत सीमामा देखिएको समस्याले नेपाल र भारत दुवै देशलाई फाइदा नगर्ने बताउँदै उहाँले जतिसक्दो चाँडो समस्याको समाधान भई सहज अवस्था सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

पछिल्लो समयमा नेपालमा भारत विरोधी भावना विकास हुँदै गएका प्रति चिन्ता व्यक्त गर्दै राजदूत रायले भन्नुभयो, “भारत विरोधी भावना बढ्दा दुवै देशलाई फाइदा गर्दैन, यसले हामीलाई दुःखी बनाएको छ ।”

उहाँले भन्नुभयो, “हाम्रो सम्बन्ध ऐतिहासिक एवम् सांस्कृतिक हो, हामी एक अर्काका दुश्मन हुन सक्दैनौँ, एक अर्कालाई पीडा दिने पनि होइन ।”

नयाँ परिस्थितिमा दुई देशको सम्बन्ध नयाँ ढङ्गले विस्तार गर्न चाहेको उल्लेख गर्दै राजदूत रायले ऐतिहासिक दस्तावेज संविधान जारी हुँदा नेपालका सबै समुदायले न्याय पाउनुपर्ने बताउनुभयो ।

उहाँले आन्दोलनरत दलका माग सम्बोधन भएमा सहज वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । राजदूत रायले चाँडो आपूर्ति सहज हुन्छ भनेर आफूलाई उद्धरण गरेर आएका समाचारमा सत्यता नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नाका सञ्चालनमा आउने भनेर आएका समाचार अनुमान मात्र हुन् ।