0 12

काठमाडौँ, १९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज पत्रकार महिलाले कार्यकाल सफलताका लागि शुभकामना तथा बधाई ज्ञापन गरेका छन् ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को नेतृत्वमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १५ जना पत्रकार महिलाले आज राष्ट्रपति भवन, शीतलनिवास पुगेर बधाई ज्ञापन गरेका हुन् ।

डब्लुडब्लुजेका अध्यक्ष शुभेच्छाबिन्दु तुलाधरले डब्लुडब्लुजेले पत्रकार महिलाका क्षेत्रमा गरेका कार्यका साथै समग्र पत्रकार महिलाको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक निर्मला आचार्यले राष्ट्रपतिको प्रेस सल्लाहकारमा पत्रकार महिलालाई नै नियुक्त गर्न आग्रह गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि पत्रकारिता विषय नै अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।